कोरोना सङ्क्रमित मध्ये साढे १५ हजारभन्दा बढी आयातित, ९९ प्रतिशत लक्षणविहीन
नेपालमा कोरोना भाइरस सङ्क्रमण लक्षण विना नै देखिएकाले थप चुनौती देखिएको छ । ९९ प्रतिशत कोरोनाभाइरसका लक्षणविहीन बिरामी रहेका देखिएका छन् । पुष्टि भएका ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित छ ।
नेपालमा १६ हजार १ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा जम्मा ४ सय ८५ जना मात्रै नेपालमै सङ्क्रमण भएका व्यक्ति हुन् । जसमध्ये अधिकांश लक्षणविहिन बिरामी फेला परेकोले यसबाट समुदायमा सङ्क्रमण फैलिने जो...