मुक्तकमणि तथा कवि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह ‘सारवत्’ विमोचन
मुक्तकमणि तथा कवि तीर्थराज अधिकारीकृत मुक्तकसङ्ग्रह 'सारवत्'को राजधानीमा सार्वजनिकीकरण भएको छ ।
प्रमुख अभ्यागत यादव खरेलले अक्षरको खेती गर्ने दुई जनाले गरेको विश्लेषण नै मूल विश्लेषण भएको भन्दै दसौँ कृति लेखिसकेका अधिकारीलाई मुक्तकमणि सम्मान दिइएकामा खुसी व्यक्त गरे । आफूले पुस्तक आद्योपान्त अध्ययन गरेको भन्दै मुक्तकको सिद्धान्त अनुसार नै यो सङ्ग्रह रहेको खरेलको भनाइ थियो । जीवन, जगत् र प्र...