आमा !
अलका मल्ल /काठमाडौं, नेपाल |
आमा !
संसारकै रुपमती गुणकारी
“आमा” जति वर्णन गरेपनि कमै
सेतो पहिरनमा परिवर्तन हुन पुगेकी
सन्ततिको मुहारनै जिन्दगी ठानेर
जीवन संघर्षमा तल्लिन आमा ।
जतिसुकै हुन् खाली पानाहरु
वर्णनले टुङ्गयाउन कठिनै हुन्छ
ममतामयी मेरी आमा
आमाको महिमा म लेखौं कसरी ?
कति थामिरहिन् होला इच्छा
अनि अनगिन्ति सपनाहरु
देवीजस्ती मेरी आमा
सँधै सन्तुष्ट र सहनशील
स्वभाव धारण ...