अधिकारीको “मायामा माया” लोकार्पित

अधिकारीको “मायामा माया” लोकार्पित
ललितपूर। मुक्तककार नानीबाबा अधिकारीको पहिलो मुक्तकसंग्रह ‘मायामा माया’ लोकार्पित भएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान,जाउलाखेलमा बिहिबार आयोजित एक कार्यक्रममा उक्त मुक्तकसंग्रहको लोकार्पण भएको हो । गीतकार तथा वरिष्ठ चलचित्रकर्मी यादब खरेल,श्रीओम श्रेष्ठ ‘रोदन’,रामकाजी कोने लगायत मञ्चासिन व्यक्तित्वहरुले उक्त मुक्तक कृति लोकार्पण गरे । नेपाल स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा प...

वनिता विशेष वसुश्री–मधु पुरस्कारबाट नवोदित पुरस्कृत हुँदै

वनिता विशेष वसुश्री–मधु पुरस्कारबाट नवोदित पुरस्कृत हुँदै
विराटनगर ÷ वनिता साहित्यिक पत्रिकाले यस वर्षको ‘वनिता विशेष वसुश्री–मधु पुरस्कार’ कवि एवं पत्रकार मीनकुमार नवोदितलाई प्रदान गर्ने भएको छ । पत्रिका सञ्चालक समितिको बैठकले नवोदितलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा वर्ष मोती पुरस्कार, दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मानलगायत चार दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका नवोदितका तीनवटा कवितासंग...

निबन्धसंग्रह”अभिवन्द्य”को तेस्रो संस्करण सार्वजनिक

निबन्धसंग्रह”अभिवन्द्य”को तेस्रो संस्करण सार्वजनिक
काठमाडौं । निबन्धकार श्रीओम श्रेष्ठ'रोदन'द्धारा लिखित व्यक्ति निबन्धसंग्रह "अभिवन्द्य"को तेस्रो प्रकाशन सार्वजनिक भएको छ । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सोमबार राजधानीमा भएको एक कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम,समालोचक प्रमोद प्रधान,निबन्धकार 'रोदन'लगायतले उक्त निबन्धसंग्रहको सार्वजनिक गरे। सोमबार राजधानीमा आयोजित कार्यक्रममा उक्त कृतिमाथि समालोचनात्मक मन्तव्य राख्दै प्रा.डा.तथा ...

पोखरेलको ‘समदृष्टि’ समालोचना संग्रह विमोचन

पोखरेलको ‘समदृष्टि’ समालोचना संग्रह विमोचन
विराटनगर ÷ साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित ‘समदृष्टि’ समालोचना संग्रह विराटनगरमा विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार प्राडा देवी नेपाल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने, डा. हरिहर भण्डारी, साहित्यकार बलराम पोखरेल, गंगा सुवेदी, आयोजक संस्थाका अध्यक्ष भूषण ढुंगेल, प्रा.डा. गोपाल दाहाल, न...

खोटाङ सामाजिक सेवा मञ्चद्वारा साहित्यकार भण्डारी सम्मानित

खोटाङ सामाजिक सेवा मञ्चद्वारा साहित्यकार भण्डारी सम्मानित
विराटनगर ÷ विराटनगरस्थित खोटाङ सामाजिक सेवा मञ्च केन्द्रीय कार्यालयले अग्रज साहित्यकार डा. सुशीला कोइराला भण्डारीलाई सम्मान गरेको छ । विराटनगरमा आयोजित कार्यक्रममा विगत साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा, साहित्यका क्षेत्रका कलम चलाउँदै आएकी भण्डारीलाई मञ्चले सम्मान गरेको हो । कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, अग्रज साहित्यकार प्राध...

रेखा-पवन स्रष्टा सम्मानद्धारा गीतकार कालीप्रसाद रिजाल सम्मानित

रेखा-पवन स्रष्टा सम्मानद्धारा गीतकार कालीप्रसाद रिजाल सम्मानित
काठमाडौं । रेखा-पवन स्रष्टा सम्मान बरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई समर्पण गरिएको छ ।नेपाल स्रष्टा समाजको आयोजनामा राजधानीमा आयोजित एक कार्यक्रममा रिजाल सम्मानित भएका हुन् । नगद १लाख एक सय एघार राशी सहित,प्रमाणपत्र र खादा माला सहितको उक्त सम्मान बरिष्ठ साहित्यिक पत्रकार,साहित्यकारद्धय र रोचकघिमिरे,नगेन्द्रराज शर्मा,समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’,पुरस्कारका संस्थापक मध्येका रीता कंड...

बंगलादेश -नेपाल विच साहित्यिक आदान प्रदान

बंगलादेश -नेपाल विच साहित्यिक आदान प्रदान
ढाका । बंगलादेश । बंगलादेश-नेपाल बिच साहित्य आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । ढाकास्थित नेपाली दुताबास तथा बंगलादेश -नेपाल फ्रेण्डशिप सोसाइटीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । बंगलादेशका सांस्कृतिक (मन्त्री) मुस्तफा सरवार फारोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । आफ्नो मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथिले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यल...

रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई
काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा -पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई अर्पण गर्ने गर्ने भएको छ । नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमितिको फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । रु.१ लाख १सय ११ रुपैयाँ नगदराशि र सम्मानपत्र सहितको उक्त सम्मान नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि कविता,गीति क्षेत्रमा रिजालले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्द...

गजल

गजल
राकेश मण्डल सुनवर्षी-८ हरिश्चन्द्रगढी,मोरङ   केही पैसा कमाउन मजबूर हुन्छ केटा घर चलाउन आफ्नै घरबाट दुर हुन्छ केटा उमेर नपुग्दै घरको जिम्मेवारी थपिएपछि पढाइ छोडी सहर गएर मजदुर हुन्छ केटा   कसैले हेरि नहालोस् भनेर कहिल्यै रुँदैन तर मनमा पीडा लुकाएको भरपुर हुन्छ केटा छोरीलाई त सबैले लक्ष्मी स्वरूप भन्छन तर कसैले यो भन्दैन कि कोहीनुर हुन्छ केटा

मुक्तक

मुक्तक
 नवशिला बेलबारी -२, नवदेव मार्ग, लालभित्ती  मोरङ   निचोड खोज्न सक्छ उसले प्रष्टा बन्न सक्छ खेल्दै शब्द भावमा लेखक स्रष्टा बन्न सक्छ हरदम निरन्तरको साधना र तपस्याले, एउटा अब्बल श्रष्टा उपद्रष्टा बन्न सक्छ। १.   तिमीलाई छ विश्वासको मत आउन सक्दिन बिग्रिन्छ फेरि मेरो आदत आउन सक्दिन प्रयोग गर्छौ सधैँ तिमी आफ्नै नियम कानुन, एकतर्फी छ त्यो अदालत आउन सक्दिन...