अनमोल–आँचलको रोमान्टिक केमेस्ट्रीसहित ‘जेरी अन टप’को पहिलो गीत सार्वजनिक
बडादशैंको सुरुआती दिनमै फिल्म जेरी अन टपले आफ्ना दर्शकलाई विशेष उपहार दिएको छ । असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको यो बहुप्रतिक्षित चलचित्रले ‘कस्तुरी’ शीर्षकको पहिलो गीत युट्युबमार्फत सार्वजनिक गरेको हो ।
रोमान्टिक धुनमा सजिएको गीतमा अनमोल केसी र आँचल शर्माको जोडीलाई मुस्ताङदेखि भारतको राजस्थानसम्मका रमणीय लोकेशनमा प्रस्तुत गरिएको छ । कोरियोग्राफर किरण थापाले उनीहरूलाई ‘लभ बर्ड्स’को रूपमा प...














