फाल्गुनन्द गोल्डकप फुटबल : पहिलो सेमिफाइनलमा आज फिदिम स्पोर्टिङ र चर्च ब्वाइज खेल्दै
पाँचथर – पाँचथरको फिदिममा चलिरहेको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल खेल हुँदैछ ।
फिदिम माविको खेल मैदानमा दिँउसो साढे दुई बजे हुने पहिलो सेमिफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले काठमाण्डौको चर्च ब्वाइज युनाइटेडसँग खेल्ने छ ।
क्वाटरफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले विभागीय फटबल टिम त्रिभुवन आर्मी क्लब काठमाण्डौलाई पराजित गरेर सेमिफाइनल पुगेको हो...