१७ स्वर्णसहित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनशिपको उपाधि नेपाललाई
काठमाण्डौ – भारतको पुणे शहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनशिपको उपाधि नेपालले जितेको छ । प्रतियोगितामा नेपालले विभिन्न उमेर र तौल समूहमा गरी १७ स्वर्ण पदक जितेर उपाधि हासिल गरेको हो । नेपालका तर्फबाट विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरेका खेलाडीले ५ रजत र २ कास्य पदकसमेत प्राप्त गरेका छन् ।
प्रतियोगितामा नेपाली खेलाडी रिमा कुमालले ६८ किलो तौल समूहमा भारत र श्रीलङ्काका प्र...