विद्यार्थीलाई हुक्का र सुर्तीजन्य पदार्थ बिक्री गरे व्यवसाय दर्ता खारेज गर्ने निर्णय
विराटनगर ÷ विराटनगर महानगरपालिकाले जथाभावी खुलेका चिया, हुक्का बार र क्याफेलाई व्यवस्थित गर्ने भएको छ ।
धेरैजसो चिया पसल, हुक्का बार र क्याफेमा अधिकांश विद्यार्थी पोशाकमै हुक्का सेवन गर्ने गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले सम्बन्धित व्यवसायीगँग छलफल गरी अबदेखि त्यस्तो कार्य रोक्नेसहित विभिन्न निर्णय गरेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधि...