पुस मसान्तभित्र कर बुझाउन राजस्व विभागको ताकेता
काठमाण्डौ – आन्तरिक राजस्व विभागले पुस मसान्त अर्थात पर्सि सोमवारभित्र करको विवरण र कर बुझाउन ताकेता गरेको छ ।
विभागले आर्थिक वर्ष २०८१/८२ को कारोबारको अनुमानित करको विवरण र प्रथम किस्ता बापतको कर दाखिला गर्न ताकेता गरेको हो ।
आयकर ऐन अनुसार यस आर्थिक वर्षको कारोबारको अनुमानित करको विवरण र त्यस विवरणअनुसारको तिर्नुपर्ने आयकरको पहिलो किस्ताबापतको ४० प्रतिशतले हुने रकम पुस मसान्तभित्रै तिर्नु ...