यू–१९ नेपाली महिला टाेली वेस्ट इन्डिजसँग ९ रनले पराजित
काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ ।
वेस्ट इन्डिजले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर १ बलमा १ सय रनमा अलआउट भयो । नेपालकी सिमाना केसीले २३ तथा कप्तान पूजा महतो र किरण कुँवरले समान १८ रन बनाए । वेस्ट इन्डिजकी तृषा हार्दत, आलियाह वीकिस र आमियाह गिल्बर्टले २/२ विकेट लिए ।
यसअघि मलेसियामा टस जि...