सपथग्रहण समारोहबाट पक्राउ परेका वडाध्यक्षमाथि प्रहरीले लगायो हत्या, अपहरण र बलात्कारको चार्ज
राजविराज — सपथग्रहण समारोहबाटै पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साहमाथि प्रहरीले हत्या, अपहरण र बलात्कारसहितको चार्ज लगाएर अनुशन्धान सुरु गरेको छ।
१६ मंसिरमा सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका साहलाई प्रहरीले बिहीबार डाक्नेश्वरी–१, मधुवनी टोलबाट पक्राउ गरेको थियो। प्रहरीका अनुसार साहविरुद्ध ०७८ सालमा एक...