सिड्नीमा नेपथ्यको विशाल फड्को
सिड्नी - पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शकले भरिभराउ ‘होर्डन पभिलियन’ मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो।
कन्सर्टका लागि तीन साता अगावै टिकट बिक्री भइसकेको थियो। शनिबार शो सुरु हुनुभन्दा निकै अघि हल खचाखच भइसकेको थियो। जब मञ्चमा कलाकार उपस्थित भए, चर्को आवाज र उफ्राइका साथ दर्शकले स्वागत गरे। उनीहरूका ल...