शिव रेग्मीको नजरमा सबै हिरो अब्बल
नेपाली चलचित्र क्षेत्रमा दुई दशक बिताइसकेका दिग्गज निर्देशक शिव रेग्मीलाई नेपालका नायकहरूको मूल्यांकन गर्ने अभिभारा दिइयो । राजेश हमालदेखि राजवल्लभ कोइरालासम्मको मूल्यांकन उनको मुखबाट सुन्दा यस्तो लाग्थ्यो मानौँ नेपालका नायकहरू सबै गुणैगुणका खानी हुन् । रेग्मीले कुनै पनि नायकका कमजोरी खासै औँल्याएनन्, केवल प्रशंसा मात्रै गर्न चाहे । राजेश हमालदेखि निखिल उप्रेतीसम्मलाई ‘अभिनयमा निपुण’ भनिदिए । त, उ...