लोकप्रिय गायक सजल न्यौपानेको नयाँ गीत ‘आधा आधा’ सार्वजनिक ( भिडियो )
धेरै विधाका गीतहरु उतिकै गाउन सक्ने लोकप्रिय गायक सजल न्यौपानेको कर्णप्रिय संगीत र स्वरमा रहेको गीत 'आधा आधा' सार्वजनिक भएको छ।मन्जु खनालको शब्द रचना रहेको गीतमा सजललाइ गायनमा गायिका मेलिना राइले साथ दिएकी छिन ।
गीतको भिडियोमा स्वयं सजल र एन्जिला बाँनियाको अभिनय रहेको छ । हरेक गीतमा फरक फरक कथा प्रस्तुति लिएर आउने भिडियो निर्देशक अनुप चापागाईले गीतको भावानुसार भिडियो तयार पारेका छन् । बुद्ध थापाक...