राष्ट्रिय भावनाले ओतप्रोत मैथिली गीत ‘हम छी नेपाली’
विराटनगर । राष्ट्रिय भावनाले ओतप्रोत मैथिली भाषामा रेकर्ड गरिएको ‘हम छी नेपाली,नेपाल हमर शान छै’ बोलको गीत रिलिज भएसँगै चर्चा सुरु भएको छ ।
लोकप्रिय युवा गायक जागेश ठाकुरको स्वरमा रेकर्ड गरिएको यो गीत ‘मैथिली अनलाइन’ नामक युट्यूब पेजबाट शनिवार अपरान्ह रिलिज भएको हो । रिलिज भएको छोटो समयमा संगीतप्रेमी दर्शकको राम्रो प्रतिक्रिया र भियूज बटुल्न सफल भएको छ ।
गीतको भिडियो र शब्दले मैथिली परिवेश सहितक...