आकृति अचानक बृद्धाश्रम पुगेपछि…. !
नझुकिनु होला । उनी मोडल होइनन्, रेस्लर हुन् । उनै रेस्लर तथा समाजसेवी आकृति पुन सोमबार बिहान सबेरै गोँगबूस्थित हिमालय बृद्धश्रम केन्द्र पुगिन् । आकृति त्यहाँ पुग्दा आश्रममा आश्रित बृद्ध-बृद्धा आमाबुबाको अनुहारमा बेग्लै चहक झल्कियो । आकृतिलाई भेटेपछि एक बृद्धाले भनिन्, ‘तिमी त मेरै छोरी जस्तो लाग्यो ।’
रुचिले रेस्लर बनेकी आकृति त्यहाँ एक छाक भएपनि बृद्धबृद्धालाई खाना खुवाउने मन लिएर पुगेकी थिइन् ।...