किन घरबाट निस्कन चाहँदैनन् फुटबलर पेले ?
काठमाडौं- विश्व फुटबलका महान खेलाडी पेले स्वास्थ्य अवस्थाका कारण घर बाहिर निस्कन मन नगर्ने अवस्थामा रहेको उनका छोराले बताएका छन् । तीनपटक विश्वकप फुटबलको उपाधि जितेका पेलेको स्वास्थ्य अवस्था हाल कमजोर छ ।
अरु कसैको सहयोग बिना हिँड्न नसक्ने अवस्थामा रहेका पेलेले घर बाहिर निस्कने इच्छा नै नगर्ने गरेको उनका छोराले बताएका हुन् । पेलेलाई गएको वर्ष युरिनरी इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको थियो ।...