सुदूरपश्चिम पीएम कप महिला क्रिकेटको फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने
काठमाण्डाै – बाग्मती प्रदेशलाई हराउँदै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
'सुपर–फाेर' काे अन्तिम खेलमा सुदूरपश्चिमले बाग्मती प्रदेशलाई ३० रनले हरायो । सुदूरपश्चिमले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको बाग्मती १९ ओभर ४ बलमा ८२ रनमा अलआउट भयो । बाग्मतीकी यशोदा विष्टले सबैभन्दा धेरै ३० रन बनाइन् । सुदूरपश्चिमका कविता कुँवर र करिष्मा था...