खेलकुदमा फेरि कोरोना कहर
गोविन्द रेग्मी
काठमाडौँ, माघ ८ गते । कोरोना कहरका कारण मोफसलको सर्वाधिक लोकप्रिय आहा रारा गोल्ड कपको २०औँ संस्करण बिनादर्शक सञ्चालन भइरहेको छ । दर्शकबिना प्रतियोगिता सञ्चालन गर्नु आर्थिक दृष्टिले पनि आयोजकका लागि ठूलो धक्का लागेको छ ।
कोरोनाकै कारण दशरथ रंगशालामा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगसमेत प्रभावित बन्यो । च्यासलका १९ जना खेलाडीमा संक्रमण देखिएपछि च्यासल र नेपाल पुलिसबीच नवौँ चरणको खे...