यु– १९ राष्ट्रिय क्रिकेटमा लुम्विनी अपराजित हुँदै शिर्ष स्थानमा अर्को खेलमा सूदुरपश्चि पनि विजयी
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र सूदुरपश्चि प्रदेशले विजयी भएका छन् ।
प्रतियोगिता अन्तर्गत विहिबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरको खेलमा ३६ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय २ र...