साढे ३१ अङ्कले बढेर शेयर बजारमा हरियाली, ११ वटा कम्पनीको शेयरमा सकारात्मक ‘सर्किट’
काठमाण्डाै – हप्ताकाे पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ विन्दुमा पुगेको छ ।
आज होटल तथा पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक 'सर्किट' लागेको छ । समग्रमा बजार हरियाली भएको ...