शेयर बजारमा परेन निषेधाज्ञाको असर, नेप्सेमा दोहोरो अङ्कको वृद्धि
कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले काठमाडौं उपत्यकालगायत क्षेत्रमा निषेधाज्ञा जारी हुँदा दैनिक जीवन कष्टकर भए पनि धितोपत्र बजारमा भने नकारात्मक असर परेको देखिएन ।
अधिकांश लगानीकर्ताले विद्युतीय माध्यमबाटै शेयर कारोबार गरेका कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार (७ भदौ) झण्डै १३ अङ्कले बढेको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२।७७ बिन्दुले बढेर एक हज...