मानुषी लघुवित्तको आइपीओ खुल्यो ,कति कित्तासम्म भर्न पाइन्छ ?

मानुषी लघुवित्तको आइपीओ खुल्यो ,कति कित्तासम्म भर्न पाइन्छ ?
काठमाडौं : मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) बिक्री खुला भएको छ । बुधबारदेखि बिक्री खुला भएको आइपीओ यही साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । एक सय अङ्कित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट रहेको छ । तीन करोड ९३ लाख ७५ हजार बर...

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक स्वीकृत

राष्ट्रियसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेकलाई विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्तावमाथिको छलफलमा नेपाली कांग्रेसका प्रकाश पन्त र अनिता देवकोटा तथा नेकपा (माओवादी केन्द्र)का...

‘स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८’ पारित

‘स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८’ पारित
राष्ट्रियसभाको आजको बैठकले “स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८” लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भन्दै बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयक उपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो...

समाचार प्रभाव : आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा केही सुधार

समाचार प्रभाव : आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा केही सुधार
नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगतरूपमै सेवा दिन थाले पनि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडले सेवाग्राही कार्यालय नछिराउने क्रममा सुधार आएको छ । कोरोना जोखिमलाई कारण देखाउँदै सेवाग्राहीलाई मूल ढोकाबाहिर राखेर काममा ढिलाइ गरेको समाचार यही साउन १८ गते राष्ट्रिय समाचार समिति (रासस)बाट सार्वजनिक भएपछि सेवामा सुधार गरिएको हो । समाचार सार्वजनिक भएपछि सेवाग्राहीला...

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । आज बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गर्नुभएको हो । अध्यक्ष पुडासैनीले ग्राहकको चाहनाअनुसार नयाँ–नयाँ बैंकिङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने भन्दै सो सेवाले ग्राहक ...

नेप्सेमा उछाल, बजार पूँजीकरण ४४ खर्ब १३ अर्ब

नेप्सेमा उछाल, बजार पूँजीकरण ४४ खर्ब १३ अर्ब
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको नेप्सेमा उछाल देखिएको हो । विकास बैंक, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको शेयरका लगानीकर्ताको तीव्र आकर्षण देखिँदा नेप्सेसमेत नयाँ उचाइमा पुगेको हो । नेपाल स्टक एक्सेचञ्जका अनुसार आज ५१.८६ बिन्दुले बढेर तीन हजार १६१.४४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ पर...

अर्थ मन्त्रालय र अर्थविद् जोड्ने संयन्त्र आवश्यक : मन्त्री शर्मा

अर्थ मन्त्रालय र अर्थविद् जोड्ने संयन्त्र आवश्यक : मन्त्री शर्मा
काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता भएको बताएका छन्। सोमवार नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा उनले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकारमात्र पर्याप्त नहुने भन्दै विषय विज्ञहरुको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालको कुनै न कुनै संयन्त्र आवश्यक भएको बताएका हुन्। उ...

टाइगर ब्रुअरीले ल्यायो मार्सी बियर 

टाइगर ब्रुअरीले ल्यायो मार्सी बियर 
टाइगर ब्रुअरीले उत्पादन गरेको मार्सी बियर सार्वजनिक भएको छ।  ब्रुअरीले मार्सी प्रिमियम, मार्सी स्ट्रङ्ग र मार्सी झ्याप गरी तीन प्रकारका बियर सार्वजनिक गरेको हो।  मार्सी बियर जुम्लामा फलेको मार्सी धानको चामलबाट बनाइएको छ। फरक स्वाद दिनको लागि यसमा प्रयोग गरिएको अन्नलाई ‘रोस्ट’ गरिएको टाइगर ब्रुअरीले जनाएको छ।  बियर उत्पादनका लागि कम्पनीले जर्मनी प्रविधि अवलम्वन गरेको छ। कम्पनीका अनुसार...

एसइई अफर सार्वजनिक

एसइई अफर सार्वजनिक
नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्र्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ । जसमा ३० दिनसम्म प्रति दिन १०० एमबी डाटा (कूल ३० जीबी), १० मिनेट कल (टेलिकम–टेलिकम कुरा गर्न कूल ३०० मिनेट...

नेप्सेमा झिनो सुधार

नेप्सेमा झिनो सुधार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.६६ बिन्दुले बढेर तीन हजार १०८.१२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ ले वृद्धि भई ५७८.०९ मा पुगेको छ । कूल २२७ कम्पनीको दुई करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर रु १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ मूल्यमा खरिद बिक्री...