अफ्रिकाको सर्वोच्च शिखरमा प्रकाश पाण्डेले फहराए नेपालको झण्डा
नेपाली युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको सफल आरोहण गरेका छन् । उनले अक्टुबर ३१ तारिखमा बिहान ६: ४० मा तान्जेनियाको किलिमन्जारोको सफल आरोहण गरेका हुन्।
उनले पाँच हजार ८ सय ९५ मिटर अग्लो किलिमन्जारोमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको पाण्डेले बताए ।
उनी सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर...