ब्यारेकमै झुण्डिएका डिएसपीको ‘अन्तिम पत्र’ मा के छ ?
झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बल,नेपालका नायव उपरीक्षक (डिएसपी) उपेन्द्र बस्यालको साथबाट ‘सुसाइड नोट’ भेटिएको छ । मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख उनले लेखेको ‘सुसाइड नोट’ फेला परेको हो । नोटमा उनले आफूले राजीखुशी प्राण त्याग्ने निर्णय गरेको बताएका छन् । आफ्नो काम सही र दुरुस्तपूर्वक गर्न नसकेको उल्लेख गर्दै उनले अन्जानमा संगठनमाथि आँच आउ...