शर्मिला वाइवा धरौटीमा हिरासतमुक्त
सामाजिक अभियन्ता दाबी गर्ने शर्मिला वाइवा धरौटीमा रिहा भएकी छन् । उनी गत फागुन १६ गते कुटपिटको आरोपमा बाह्रबिसेबाट पक्राउ परेकी थिइन् । २६ दिनको हिरासतपछि उनी आज धरौटीमा रिहा भएकी हुन् ।
कलाकार पवन खतिवडा उर्फ म्याकुरीले वाइवाविरुद्ध प्रहरीमा कुटपिटको उजुरी दिएका थिए । म्याकुरीले आफूलाई फसाउनको लागि वाइवाले २५ लाखको डिल गरेको समेत आरोप लगाएका थिए । वाइवाकै कारण आफू र श्रीमती सुम्निमा खालिङको ब...