आफ्नै घरमा आगो लगाएर छिमेकीलाई ताप्न बोलाएपछि…
२९ पौष काठमाडौँ मोरङको रंगेली नगरपालिका ९ का ३० वर्षीय अविनारायण भण्डारी बेलुका होहल्ला गर्दै गाउँतिर निस्किए। उनी एकोहोरो भनिरहेका थिए, ‘मैले घरमा आगो फुकिदिएको छु, ताप्नु होला।’ अविनारायण त्यही कुरा दोहोर्याउँदै गाउँतिर दौडिरहेका थिए।
मानसिक बिरामी रहेका उनले भनेका कुरा धेरैले वास्तै गरेनन्। पत्याएनन् पनि। तर रातकाे समयमा आगोसँगै धुवाँको मुस्लो देखेपछि छरछिमेकी सबै आत्तिए। नभन्दै नजिकै घर र...