इलाम बाट शुभ-मुहूर्त गर्दै ‘सोल्टिनी’को छायांकन सुरु
अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘सोल्टिनी’को छायांकन सुरु गरिएको छ । मङ्गलवार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभ मुहूर्त गर्दै ३१ दिनको तालिकासहित छायाङ्कन सुरु भएको निर्देशक अर्जुन सुवेदीले बताए । चलचित्र को इलाम तथा भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायाङ्कन हुनेछ ।
मन्दिर परिसरमै फिल्मका लागि पहिलो शट अभिनेता प्रकाश सपुत, अभिनेत्रीद्वय परीक्षा लिम्बू र सब्बु गुरुङ तथ...