कोशी प्रदेशका सहकारीमा बचतकर्ताको कुल ३३ अर्ब ११ करोड ६ लाख बचत
विराटनगर २५ मंसिर । कोशी प्रदेशमा रहेका सहकारी संस्थाहरुमा पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको आठ लाख २२ हजार तीन सय ११ जना छन् ।
ती बचतकर्ताले कुल ३३ अर्ब ११ करोड ६ लाख ४४ हजार ९ सय ९७ रुपैयाँ बचत गरेको सहकारी विभागले जनाएको छ ।
सहकारी संस्थामा तीन लाख र पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको संख्या र उनीहरुले बचत गरेको रकमबारे विभागले तथ्यांक मागेको थियो । सोही क्रममा विभागलाई उपल...