सुन्दर र समृद्ध नेपाल हाम्रो साझा उद्देश्य होः प्रधानमन्त्री
काठमाडौं, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताएका छन ।
नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताएका हुन् ।
‘एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छि...