धेरै पालिकाहरुको वेबसाइटमा समस्या, खुलाउने प्रयास भइरहेको सरकारको भनाइ

धेरै पालिकाहरुको वेबसाइटमा समस्या, खुलाउने प्रयास भइरहेको सरकारको भनाइ
काठमाण्डौ – देशका धेरै पालिकाहरुको वेबसाइटमा समस्या आएको छ । काठमाण्डौ महानगरपालिकासहित केही पालिकाको वेबसाइट चले पनि अरु धेरै पालिकाको वेबसाइटमा तीन, चार दिनदेखि समस्या देखिएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बर्दियाको बाँसगढी नगरपालिकाको वेबसाइटबाट छिरेर ह्याकरले अरु पालिकाका सूचना प्रणालीमा आक्रमण गरेको जानकारी दिनुभयो । वेबसाइटमा समस्या रह...

मुख्यमन्त्री कार्की ः मनमोहन प्राविधिक विश्वविद्यालय उपकुलपति शपथ ग्रहण

मुख्यमन्त्री कार्की ः मनमोहन प्राविधिक विश्वविद्यालय उपकुलपति शपथ ग्रहण
मोरङ ,११ पुस ः कोशी प्रदेशका मुख्यमन्त्री एवं मोरङ वुढीगंगा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपति हिक्मतकुमार कार्कीले विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेललाई चार बर्षका लागि नियुक्त गर्नु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज एक समारोहको आयोजना गरी मुख्यमन्त्री कार्कीले उपकुलपति पोखरेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो । शपथ ग्रहण समारो...

अख्तियारले अनुसन्धान द्रुतगतिमा गर्नुपर्छ–मुख्यमन्त्री कार्की

अख्तियारले अनुसन्धान द्रुतगतिमा गर्नुपर्छ–मुख्यमन्त्री कार्की
मोरङ,१२ पुस ः कोशी प्रदेशका म्ख्यमन्त्री हिक्मतकुमार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य कार्यको अनुसन्धान दु्रतगतिमा गर्नुपर्ने बताउनु भयो । अख्तियार दुरुपयोेग अनुसन्धान आयोगको कार्यालय इटहरीद्वारा विहिवार विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी प्रदेशस्तरी कार्यक्रममा उहाँले अनुसन्धानको क्रममा मुद्दा लाग्ने भए कार्य आगाडि वढाउनु पर्छ अन्यथ...

मेयरलाई सँगै लिएर समस्या र सुझाव सुन्न जनताको घरदैलोमा पुग्दै कोइराला

मेयरलाई सँगै लिएर समस्या र सुझाव सुन्न जनताको घरदैलोमा पुग्दै कोइराला
विराटनगर ÷ संघीय सांसद डा. शेखर कोइरालाले आफ्ना क्षेत्रका जनतासितको भेटघाटको क्रमलाई बाक्लो बनाएका छन् । निर्वाचित भएर गएपछि जनतालाई बेवास्ता गर्ने गरेको भन्दै जनप्रतिनिधिमाथि लागेको आरोप चिर्दै सांसद कोइरालाले जनताको घरदैलोमै पुगेर समस्या र सुझाव लिने क्रमलाई विगतमा भन्दा बाक्लो बनाएका हुन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई साथैमा लिएर आफ्नो निर्वाचन क्षेत्रका जनताको घरदैलो पुग्ने...

ज्येष्ठ नागरिकका अनुभव र ज्ञान सबैले अनुशरण गर्नुपर्छ ः मेयर कोइराला

ज्येष्ठ नागरिकका अनुभव र ज्ञान सबैले अनुशरण गर्नुपर्छ ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकले प्राप्त गरेका अनुभव, ज्ञान र सीपलाई समाजले ग्रहण गर्नुपर्नेमा जोड दिनुभएको छ । चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघ, ज्येष्ठ नागरिक जिल्ला संघ मोरङ र विराट ज्येष्ठ नागरिक समाज विराटनगर महानगर समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले किताबको ठेलीमा ...

सरस्वती माविद्वारा पूर्वप्रधानाध्यापक र शिक्षकहरु सम्मानित 

सरस्वती माविद्वारा पूर्वप्रधानाध्यापक र शिक्षकहरु सम्मानित 
विराटनगर÷ विराटनगर–९ स्थित सरस्वती माविले पूर्वप्रधानाध्यापकसहित विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । ८२ औं वार्षिकोत्सव तथा विद्यालयका संस्थापक अध्यक्ष नारायणप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर विद्यालयले पूर्वप्रधानाध्यापक डिल्ली पोखरेल, योगेन्द्रबहादुर कार्की तथा शिक्षकहरु भवानी भट्टराई, भरतराज दाहाल र भरतबाबु दाहाललाई सम्मान गरेको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाका...

मदरल्याण्डको वक्तृत्वमा आद्रता र सर्लिन प्रथम 

मदरल्याण्डको वक्तृत्वमा आद्रता र सर्लिन प्रथम 
विराटनगर÷ विराटनगरस्थित मदरल्याण्ड एकेडेमीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आद्रता निरौला प्रथम भएकी छन् । सिनियर र जुनियर दुई समूहमा आयोजित प्रतियोगितामा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै निरौलाले प्रथम पुरस्कार जितेकी हुन् । विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा उजागर गर्दै वाक क्षमता वृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा निशा चौधरी द्वितीय, नविन यादव तृतीय र सौरभ कार्कीले सान्त...

पत्रकारिता स्वच्छ, मर्यादित एवं सशक्त्त हुनुपर्छ ः मुख्यमन्त्री कार्की

पत्रकारिता स्वच्छ, मर्यादित एवं सशक्त्त हुनुपर्छ ः मुख्यमन्त्री कार्की
मोरङ,१० पुस ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली पत्रकारित स्वच्छ, मर्यादित एवं सशक्त्त हुनु पर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्य समितिका नवनिर्वाचित पदाधिकारीहरुको प्रमाणपत्र वितरण तथा पदहस्तान्तरण समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले पत्रकारहरुको सामुहिक हक, हित र अधिकारको रक्षा गर्ने संस्था नेपाल पत्रका...

योग तथा ध्यान सिविर सम्पन्न

योग तथा ध्यान सिविर सम्पन्न
विश्व ध्यान दिवसको अबसरमा नुवाकोटको लिखु गाउपालिका र दुप्चेश्वर गाँउपालिकामा योग तथा ध्यान सिविर सम्पन्न भएको छ । दुबै स्थानमा गरेर लगभग ३०० जना व्यक्तिले दैनिक कसरी योग तथा ध्यान गर्ने भनेर प्रशिक्षण लिनु भएको थियो । कार्यक्रममा प्रशिक्षक द्वय होमनाथ आचार्य र विन्दा आचार्यले योग र ध्यानको वारेमा स्पस्ट पार्दै योग र ध्यान गर्ने कला सिकाउनु भएको थियो । लिखु गाँउपालिकामा भएको कार्यक्रमा पालिका अध्य...

एक हजार २४० महिलाको स्वास्थ्य जाँच–५९ जनामा पाठेघरको मुखको क्यान्सर हुनु भन्दा पहिलो चरणमा फेला

एक हजार २४० महिलाको स्वास्थ्य जाँच–५९ जनामा पाठेघरको मुखको क्यान्सर हुनु भन्दा पहिलो चरणमा फेला
मोरङ ,१० पुस ः मोरङको कटहरीका एक हजार बढी महिलाहरुको प्रजनन् स्वास्थ्य परीक्षण गरिएको छ । रिप्पल नेपाल चितवनको प्राविधिक सहयोग तथा कोकन विराटनगरसँगको सहकार्यमा कटहरी गाउँपालिकाले आयोजना गरेको प्रजनन स्वास्थ्य सम्वन्धी निशुल्क जाँच र अप्रेसन शिविरमा एक हजार दुई सय ४० जनाको सहभागिता रहेको साझा सवालका लागि साझा मञ्च(कोकन)की अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिनुभयो । कटहरीका दुई स्थानमा पुसको पहिल...