कार्यक्रम व्यवस्थापन संघ नेपाल गठन ,सचिवमा सोनित राज ढुंगेल
विभिन्न मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगिता व्यवस्थापन गर्दै आएका संस्थाहरुको छाता संगठनका रुपमा कार्यक्रम व्यवस्थापन संघ, नेपाल (इमान) को औपचारिक गठन भएको छ । संघको अध्यक्षमा लवकुमार कार्की छानिएका छन् ।
शनिबार वानेश्वरमा आयोजित कार्यक्रममा पूर्वपर्यटन तथा संस्कृतीमन्त्री कृपाशुर शेर्पाले संघको औपचारिक स्थापना भएको घोषणा गरे । उनले संघका पदाधिकारी एबम संस्थापक सदस्यहरुलाई प्रमाण पत्र वितरण ग...