गोरेसँग एकतर्फी प्रेम
- Sabita Sapkota
कलेज ६ बजेदेखि सुरु भएपनि ४ः३० मै उठेर कलेज जाने तर्खर गर्नुपथ्र्यो । ढिला उठेको दिन कहिले एउटा आँखामा मात्र गाजल लगाउन भ्याउथेँ । कहिले लिपिष्टिक लगाउनै बिर्सन्थेँ, कहिले कपाल बाँध्ने लेबेन्टी नभेटेर हैरान हुन्थ्यो । घरदेखि कलेज टाढा भएको र एउटा बस छुटेपछि अर्काे नपाउने हुनाले सधै हतार हुन्थ्यो ।
काठमाडौँमा जस्तो छिनछिनमा बस पाइँदैन पोखरामा । एउटा स्टेसनमा बस नरोकी घरैपिच्छे...