लोकपृय प्रशासक गणेशप्रसाद भट्टराई स्मृति ग्रन्थ लोकार्पण सम्पन्न ।

लोकपृय प्रशासक गणेशप्रसाद भट्टराई स्मृति ग्रन्थ लोकार्पण सम्पन्न ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट एक समारोहको आयोजना गरी गणेशप्रसाद भट्टराई स्मृति ग्रन्थ लोकार्पण सम्पन्न गरियो । स्मरणीय छ, बारा जिल्लाका तत्कालिन बहालवाला प्रजिअ गणेशप्रसाद भट्टराई र ससस्त्र प्रहरीका एसपि बलराम पोखरेल सवार जीप २०७५ साल माघ १२ गते अस्वभाविक तरिकाले दुर्घटनामा पर्दा एसपि पोखरेलको घटनास्थलमा नै र प्रजिअ भट्टराईको उप...

त्रिशूली वाङ्मय प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

त्रिशूली वाङ्मय प्रतिष्ठानको नयाँ कार्यसमिति चयन
नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि आरएम डङ्गोलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । प्रतिष्ठानका उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल, महासचिवमा श्यामराज पाठक, सचिवमा राजेन्द्र घिमिरे सागर र कोषाध्यक्षमा लक्ष्मी रूम्बा सर्वसम्मत चयन हुनुभएको छ । शनिबार भएको सभाले सदस्यमा कृ...

रोचक प्रस्तुति र फरक कथावस्तुले भरिएको ‘दुङाल’

रोचक प्रस्तुति र फरक कथावस्तुले भरिएको ‘दुङाल’
मालिका केशरीद्वारा लिखित तेस्रो उपन्यास दुङाल विमोचनको प्रतीक्षामा छ । केशरीका दुई उपन्यास पुनरुत्थान र सुवर्णलताले यसअघि नै बजारमा आएर लाखौं पाठकको मन जितिसकेका छन् । नारी पात्रमा डुब्नसक्ने र बुद्ध दर्शनलाई लेखनीमा समेट्ने केशरी उपन्यासबारे जानकारी दिनुहुन्छ, ‘दुङाल शब्द नेपाली होइन, तिब्बती हो । उपन्यासको पृष्ठभूमि तिब्बती समाज भएकाले त्यहींको भाषाबाट पुस्तकको नामकरण गर्दा सुन्दर हुन्छ भन्ने...

कर्म गर्नुहोस फल आफै मिल्छ – साहित्यकार बिमला हुमागाईं “बोध”

कर्म गर्नुहोस फल आफै मिल्छ – साहित्यकार बिमला हुमागाईं “बोध”
नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि साहित्यकार, गीतकार, शिक्षासेवि तथा संचारकर्मी बिमला हुमागाईं सामाजिक कार्यमा पनि उतिकै सक्रिय छन । बिगत एक दशक देखि विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै आएकी मिडिया पर्सानालिटि बिमलाले संचारक्षेत्रको माध्यम बाट जनतालाई सुसुचित गर्दै हजारौं पिडित नेपालीहरु दु:खको घाउमा मलम पट्टि लगाउन सफल भएकी छिन। महिला सशक्तीकरण, सम्मान र स्वतन्त्रत...

दुई बालकृति लोकार्पित

दुई बालकृति लोकार्पित
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आज भर्चुअल माध्यमबाट दुई बालकृति विमोचन गर्नुभएको छ । उहाँले बाल साहित्य सर्जक प्रमोद प्रधानको बाल कविता सङ्ग्रह ‘रसैरस रसिली’ र विजयराज आचार्यको बाल कथा सङ्ग्रह ‘स्वयम्भूका आँखाहरु’ विमोचन गर्नुभएको हो । कुलपति कर्माचार्यले दुवै कृतिको शीर्षक नै रोचक रहेको जनाउँदै अबका दिनमा कथा लेख्दा अनुसन्धानलाई पनि विशेष जोड दिनुपर्ने सुझाव...

लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ सार्बजनिक

लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ सार्बजनिक
काठमाडौं, १० साउन - लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका कुरालाई विषयवस्तु बनाएर पस्किएको कृति ‘फकलीको गाउँ’ पाठकमाझ आएको हो । यात्रावृत्तान्तमा आधारित विभिन्न शीर्षकमा दिएर बाईस गुच्छाहरूको संगालोको रुपमा तयार पारिएको कृतिमा लेखकले विविध प्रसंगको संग्रह ...

इतिहास मेटाइदिए हुन्थियो

इतिहास मेटाइदिए हुन्थियो
मोहन कृष्ण हुमागाईं , जर्मनी मलाई उसले लुछेर खार्ई दिए हुन्थियोचन्दन जस्तै घोटेर निघारमा लाई दिए हुन्थियोमलाई गीत जस्तै लेखेर , बांसुरीमा गाई दिए हुन्थियोचाहे म गहिरो निद्रामा किन न हुँ , आएर बार बारमेरा हर पलहरुलाई सताई दिए हुन्थियो ।। उनको गैर हाजिरीमा , उजाडिएको मेरो आत्मामेरा कर्णमा न्यानो ध्वनी फुकेर तताई दिए हुन्थियोम उनको लागी सदैब हाजिर छु , बुझेर जताइ दिए हुन्थियोम उनलाई क...

साताको साहित्य

साताको साहित्य
मोहन कृष्ण होमागाईँ जर्मनी मलाई सियो र सर होइन तिमी र घर चाहिन्छ मलाई म्याम र मिस्टर होइन ब्रदर र सिष्टर चाहिन्छ मलाई सम्मानको हजुर होइन माया र सफलताको हजुर चाहिन्छ मलाई मम,डयाड र सोम होइन माता पिता र ॐ चाहिन्छ मैले पितृबाट सिकेको छु त्यस्तै मृदुल भाषा चाहिन्छ तिमीले साडी र कोट फेरे केही छैन मलाई तर भाषा र संस्कृति फेर्न कहाँ पाइन्छ ? मलाई पर आश्रय र सव्यताको ढोँग होइन स्वावलम्...

क्रान्ति मृदुल

क्रान्ति मृदुल
लेख्दा लेख्दै लेख्छु , लेखेर लेख्छु लेख्नलाई लेख्छु , लेख्नु पहिले मनमा लेख्छु लेखेपछी पनी लेख्छु , म आभाष लेख्छु प्रतिज्ञा लेख्छु , पथ्थर र कपास लेख्छु म देखेर लेख्छु , अनी लेखेर देख्छु देख्नु पैले सोचेर लेख्छु , जब देख्छु अनयासै लेख्छु म लेख्छु तिमी देख्छौ , अनी देखेर सोच्छौ लेखेको भेदै नपाई , आफुलाई कोष्छौ कीनकी तिमी नलेखेका , तर बनेका नेता हौ म लेखिएको तर , नबनेको कवि हुँ । मैले ...

आदिकविको २०८औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

आदिकविको २०८औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदै
काठमाडौँ, २९ असारः नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भ...