शहीद गंगालाल श्रेष्ठमाथि फिल्म बन्ने, मुख्य भूमिकामा प्रदीप खड्का र आर्यन सिग्देल
काठमाडौं । शहीद गंगालाल श्रेष्ठमाथि फिल्म निर्माण हुने भएको छ । ‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गर्ने फिल्ममा प्रदीप खड्का र आर्यन सिग्देलको मुख्य भूमिका हुने भएको छ । फिल्मलाई विमला केसी लगायतले निर्माण गर्दैछन् ।
फिल्मले राणा शासनविरुद्ध गंगालालले गरेको विद्रोहको कथा भन्छ । ‘प्रकाश’ लेखक विकास सुवेदीले अहिले पटकथा लेखिरहेका छन् । गंगालालको भूमिकामा कसले अभिनय गर्नेछ भन्ने निधो न...