नेपाल र हङकङको १९ वर्षमुनिको टोलीबीच दोस्रो एकदिवसीय खेल आज
काठमाण्डौ – १९ वर्षमुनिको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल र हङकङले आज दोस्रो खेल खेल्दैछन् । मूलपानी क्रिकेट मैदानमा खेल बिहान पौने ९ बजे शुरू हुने छ । यसअघिको पहिलो खेलमा नेपालले हङकङलाई ३ विकेटले हराएको थियो ।
आजको खेल जितेमा नेपालले शृङ्खला जित्नेछ । शृङ्खला जोगाइराख्न हङकङको टोलीलाई आजको खेल जित्नुपर्ने दबाब छ । नेपाल र हङकङबीचको तेस्रो एकदिवसीय खेल पर्सि शुक्रवार हुनेछ ।
१९ व...