प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण
उदयपुर, पुस १७ गते ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस १७ गते जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक लगायत हिरासत कक्षको निरीक्षण गर्नुको साथै कार्यालय परिसर भित्र बृक्षारोपण समेत गर्नु भएको थियो । निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख अधिकारीले जिल्ला प्रहरी कार्याल...