राजवादी आन्दोलनको कमाण्डर दुर्गा प्रसाई, राप्रपा महामन्त्रीको नेतृत्व जनपरिचालन समिति
काठमाडौं, १४ चैत । राजावादी आन्दोलनको कमाण्डर अन्ततः दुर्गा प्रसाई भएका छन्
नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाएको हो ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुबेदी स्वयंले त्यसको जानकारी दिएका हुन् ।
प्रसाईंको नेतृत्वमा भोलि राजावादीहरुले काठमाडौंमा राजवादीले प्रदर्शन गर्दैछन् ।
...