एएफसी महिला कपमा नेपाल समुह ‘एफ’ मा
काठमाडौं, १४ चैत । एएफसी महिला एसियन कप २०२६ छनोटको समूह अन्तर्गत नेपाल ‘एफ’ मा परेको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘एफ’ मा नेपालसँगै उज्वेकिस्तान, लाओस र श्रीलंकासमेत परेका छन् ।
यो समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछ । छनोटका खेलहरू जुन २३ देखि जुलाई ५ सम्म हुने जनाइएको छ ।
छनोट चरणमा ३४ टोली प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोल...