गाउँमा हात्तीपाईले संक्रमितका भन्छन्, ’स्वहेरचाहले सहज’, आमा समुहको सक्रियता
कुमोद अधिकारी
१५ मङ्सिर,
विराटनगर । मोरङको रंगेली नगरपालिका वडा नम्बर ८ की श्यामा (परिवर्तित नाम) लाई हात्तीपाईलेको संक्रमण भएको बिसौँ बर्ष पुगिसक्यो ।
संक्रमण भएको शुरुका दिनमा त उहाले थाहा समेत पाउनु भएन। धेरै ठाउँमा धाईन् तर यसको बारेमा राम्रो सल्लाह कसैले पनि उहालाई दिएनन् । स्वास्थ्य संस्थाहरुले पनि यसको उपचारको बारेमा खुट्टा काट्नु पर्ने भन्दै झनै अत्यास लाग्ने कुरा गरेको उहाले सुनाउनुभयो...