डबलीले बदलिदियो जीवन
इँटाभट्टामा काम गरें । रत्नपार्कमा बदाम बेचें । होटलमा भाँडा माझ्नेदेखि म्यानेजरसम्म भएँ । जब डबली थिएटर हुँदै मण्डला थिएटर आइपुगें, जीवनै बदलियो ।
काठमाडौँ — ‘हैट’ अर्थात् बुद्धि तामाङ । टेलिसिरियल ‘मेरी बास्सै’मा हनुमानेको थेगो । यही थेगोले बुद्धिलाई फिल्ममा एकपछि अर्को काम दिलाउँदै गयो । यद्यपि उनले ‘मेरी बास्सै’ अघि ‘कबड्डी’ जस्ता चलेका फिल्म खेलिसकेका थिए ।
कुनै समय जागिरको नाममा हदै शा...