सुप्रसिद्ध गीतकार विजय शिवाकोटीको ‘मेरो गीत मन पराउँछ्यौ’को म्युजिक भिडियो सार्वजनिक
काठमाडौं। गीतकार विजय शिवाकोटीको ‘मेरो गीत मन पराउँछ्यौ’ बोलको गीत सार्वजनिक भएको छ । गायक दीपक खरेलको स्वर रहेको गीतमा दीपक जंगमले संगीत भरेका छन् । प्रेमकथामा आधारित गीतको म्युजिक भिडियोमा डा. विकास थापा र डा. सत्यप्रिया शिवाकोटीको अभिनय छ । ईश्वर बल्लभ र बालकलाकार अंशुमन घिमिरेले सहयोगी कलाकारको भूमिका निभाएका छन् ।
सन्दिप डंगोलको निर्देशनमा तयार भएको भिडियोलाई आनन्द प्रभाकर घिमिरेले खिचेका ...