गीत मार्फत आफ्नो ब्यस्त जीवन बताउंदै गायक ज्ञान सुब्बा
धरान / आधुनिक गीतहरु गाउन मन पराउने गायक ज्ञान सुब्बा बिगत ५ बर्ष देखि लगातार आफ्ना गीतहरु नेपाली सांगीतिक आकाशमा निरन्तर पस्किरहेका छन् I हुनत् अढाई दशक अघिदेखिनै धरानको सांगीतिक माहोलमा हुर्किएर संगीतको सारेगमापामा निखारिएका गायक ज्ञान सुब्बाले त्यो समयमा पनि एउटा एल्बम बजारमा ल्याएका थिए I तर आफुलाई चित्त नबुझेपछि दर्शक -श्रोताहरुलाई समेत सुनाउन हिच्किचाउने गायक ज्ञान सुब्बा करिब दुई दशक स...