तमु ल्होसार शुभकामना गीत सार्वजनिक
काठमाडौं, १२ पुस । गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक भएको छ ।
पुस १५ अर्थात् ल्होसारको खुशियाली आदानप्रदान गर्ने उक्त गीतमा गायक तथा संगीतकार पवन राना, तारा श्रीस र शिशिर गुरुङको स्वर रहेको छ । गीतको भिडियो गायक पवन राना युट्युव च्यानलबाट सार्वजनिक भएको छ । गुरुङ चलचित्रका चर्चित नायक आनन्द गुरुङ र आधा दर्जन बढी भिडियोहरुमा अभिनय गरिसकेकी...