सुजता र अनन्त फिचर्ड ‘अघि बढ्ने छु’ सार्वजनिक ( भिडियो )
काठमाडौं। गायक शक्ति भण्डारीको स्वर र संगीतमा रहेको 'अघि बढ्ने छु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रक भर्सनको यस गीतलाई डेकेन्द्र श्रेष्ठले लेखेका हुन्। बार्सेलोना स्पेनको द एन्जल साउन्ड स्टुडियोमा गीतको साउण्ड पोस्ट प्रोडक्सनको काम भएको हो। ‘रोसालिया' जस्ता विश्वका चर्चित कलाकारको गीतमा साउण्ड मिक्सिङको काम गरिसकेका स्पेनिसले नेपाली गीतमा साउण्ड मिक्सिङ गर्न पाउदा खुशी व्यक्त गरेका छन्। ग...