एलिना चौहानको किशोर किशोरी लक्षित गीत सार्वजनिक
नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा बनाना’नामको गीतको भिडियो गायिका चौहानको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो ।
करिब छ मिनेट लामो गीत सुन्दा रमाइलो छ । यसले विशेषतः किशोर किशोरी र हुर्कँदो उमेरका युवायुवतीलाई आकर्षित गर्ने देखिन्छ ।
गीतले दुई युवायुवतीको भेटघाट, त्यस क्रममा युवाले युवतीलाई आफूप...