म्यूजिक भिडियोले बदलिएकी मलिका
निषेधाज्ञा हुनु भन्दा अगाडि सार्वजनिक भएका २ म्यूजिक भिडियोले नायिका मलिका महत्तको करिअर पुर्ण रुपमा बदलेको छ । नेपाली म्युजिक भिडियोमा रेकर्ड ब्रेक गर्ने गीतहरु उनको पोल्टामा छन् । यसले, डेब्यू चलचित्रबाट नै सफलताको स्वाद नचाखेकी यी नायिकालाई ठूलो राहत दियो ।
‘यात्रा’ चलचित्रपछि नयाँ प्रोजेक्ट रिलिज नभएपनि मलिकालाई दर्शकले विर्सन्छन् भन्ने चिन्ता छैन । ‘फूलबुट्टे सारी र टाढा भएपनि’ बोलका गीतले...