गायक परियारको ‘रेलको भाडा’ सार्वजनिक
काठमाडौं । धमाधम लगनको महिना चलिरहँदा नेपाली कलाकारहरु पनि पञ्चेबाजा गीतहरु धमाधम बजारमा ल्याई राखेका छन् ।
त्यसै अनुरुप पछिल्लो समयका चर्चित गायक रञ्जित परियारले पनि यो बर्ष उनकै आफ्नै चर्चित गीत रेलको भाडालाई पञ्चेबाजामा प्रस्तुत गरेका छन् ।
धेरै दर्शक श्रोताले मन पराईएको गीत रेलको भाडा अहिलेका चर्चित कलाकारहरु रञ्जित परियार, टिकासानु, रविन लामिछाने र सम्झना भण्डारीको आवाजमा सजिएको छ ।
...