फिफा वरियतामा नेपाली महिला फुटबल टोलीको चार स्थान सुधार
काठमाण्डौं – फिफा वरियतामा नेपाली महिला फुटबल टोलीको चार स्थान सुधार भएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल ९९औं स्थानमा उक्लिएको छ । यसअघि नेपाल एक सय तीनौं स्थानमा थियो ।
एशियाली राष्ट्रमा १९औं स्थानमा रहेको नेपाल दक्षिण एशियाली ९साफ० राष्ट्रमा भने दोस्रो स्थानमा यथावत छ । विश्व वरीयतामा ६९औं स्थानमा रहेको भारत दक्षिण एशियामा शीर्षमा छ । एक स्थान सुधार गरेको भुटान एक सय ७...