इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित : एस्टनभिल्ला र ब्राइटनको बराबरी

इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित : एस्टनभिल्ला र ब्राइटनको बराबरी
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित भएका छन् । आज बिहान भएको खेलमा चेल्सी इपस्वीच टाउनसँग र युनाइटेड न्यूक्यासलसँग समान २–० गोलले पराजित भएका हुन् । चेल्सी १९ खेलमा ३५ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । समान खेलमा १५ अङ्कका साथ इपस्वीच टाउन तालिकाको १८ औँ स्थानमा रहेको छ । यस्तै १९ खेलमा ३२ अङ्कका साथ न्यूक्यासल अङ्क तालिकाको पाँचौँ स्थानमा रहँ...

मच्छिन्द्रलाई पेनाल्टी शुटआउटमा हराउँदै चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि

मच्छिन्द्रलाई पेनाल्टी शुटआउटमा हराउँदै चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि
काठमाण्डाै – मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले ११औं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि जितेको छ । फिदिम माविको मैदानमा आज भएको फाइनलमा चर्च ब्वाइजले मच्छिन्द्रलाई पेनाल्टी शुटआउटमा ५–४ गोलले हरायो । निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । चर्च ब्वाइजले उपाधिसँगै १० लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजे...

सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशन विपरित नेपाल ओलम्पिक कमिटीको चुनाव सम्पन्न

सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशन विपरित नेपाल ओलम्पिक कमिटीको चुनाव सम्पन्न
काठमाण्डौ – नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ । हिजो अनलाइनमार्फत गरेको चुनावबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको र अध्यक्ष बाहेकका बाँकी पदमा निर्विरोध भएको कमिटिले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । एनओसीले सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशनविपरीत चुनाव गरेको हो । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै हिजोका लागि तय भएको चुनाव...

प्रिमियर लिगमा आर्सनलले इप्सविच टाउनलाई हरायाे, ब्राइटन र ब्रेन्टफोर्डबीच बराबरी

प्रिमियर लिगमा आर्सनलले इप्सविच टाउनलाई हरायाे, ब्राइटन र ब्रेन्टफोर्डबीच बराबरी
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आर्सनलले इप्सविच टाउनलाई हराएकाे छ । आज बिहान इमिरेट्स रङ्गशालामा भएकाे खेलमा आर्सनलले इप्सविचलाई १–० गाेलले हरायाे । आर्सनलका काई हाभाट्जले खेलकाे २३औं मिनेटमा गाेल गरे । याे जीतसँगै आर्सनल १८ खेलमा ३६ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । इप्सविच टाउन १८ खेलमा १२ अङ्कसहित पुछारबाट दाेस्राे स्थानमा छ । आज बिहानै भएकाे अर्काे खेल...

भारतसँगको चौथो टेस्टमा अस्ट्रेलिया बलियो अवस्थामा

भारतसँगको चौथो टेस्टमा अस्ट्रेलिया बलियो अवस्थामा
काठमाण्डाै – भारतसँगको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलिया बलियो अवस्थामा रहेको छ । दोस्रो दिनको खेल सकिँदा भारतले ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको छ । भारतका यशस्वी जयसवालले ८२ रन बनाए । यस्तै विराट कोहलीले ३६, केएल राहुलले २४ रन बनाए । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले २/२ विकेट लिए । भारत अझै ३ सय १० रनले पछि छ । भारतलाई 'फलो–अन' बाट बच्न अझै १ सय ११ रन चाहिन्छ । यसअघि मेल...

फाल्गुनन्द गोल्डकप फुटबल : पहिलो सेमिफाइनलमा आज फिदिम स्पोर्टिङ र चर्च ब्वाइज खेल्दै

फाल्गुनन्द गोल्डकप फुटबल : पहिलो सेमिफाइनलमा आज फिदिम स्पोर्टिङ र चर्च ब्वाइज खेल्दै
पाँचथर – पाँचथरको फिदिममा चलिरहेको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । फिदिम माविको खेल मैदानमा दिँउसो साढे दुई बजे हुने पहिलो सेमिफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले काठमाण्डौको चर्च ब्वाइज युनाइटेडसँग खेल्ने छ । क्वाटरफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले विभागीय फटबल टिम त्रिभुवन आर्मी क्लब काठमाण्डौलाई पराजित गरेर सेमिफाइनल पुगेको हो...

अष्ट्रेलियाका खेलाडीलाई धकेलेपछि विराट कोहलीलाई जरिमाना

अष्ट्रेलियाका खेलाडीलाई धकेलेपछि विराट कोहलीलाई जरिमाना
काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भारतीय ब्याटर विराट कोहलीलाई म्याच फिको २० प्रतिशत जरिमाना लगाएको छ । यससँगै उनको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट पोइन्ट अर्थात् अयोग्यता अङ्ग पनि थपिएको छ । मेलबर्नमा भइरहेको चौथो टेस्टको पहिलो दिन १०औं ओभरपछि कोहलीले जानीजानी अस्ट्रेलियाबाट पहिलो खेल खेलेका १९ वर्षका ब्याटर साम कोनस्टासलाई धकेलेका थिए । कोहलीले धकेलेपछि कोन्स्टासले तुर...

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
काठमाडौँ, पुस ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टिमका क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट सङ्घ र खेलका व्यवस्थापकलाई बधाइ दिनुभ...

फाल्गुनन्द गोल्डकपमा आज मछिन्द्र क्लब र झापा–११ खेल्दै

फाल्गुनन्द गोल्डकपमा आज मछिन्द्र क्लब र झापा–११ खेल्दै
काठमाण्डौ – पाँचथरमा चलिरहेको फाल्गुनन्द गोल्डकपमा आज मछिन्द्र फुटबल क्लब, काठमाण्डौ र झापा–११ खेल्दैछन् । खेल दिउँसो दुई बजे फिदिम माविको खेल मैदानमा शुरु हुनेछ । हिजो भएको उद्घाटन खेलमा भारतको करसाङ क्लबलाई हराउँदै आयोजक फिदिम स्पोर्टिङ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपाल र भारतका गरी १० टोली सहभागी छन् । प्रतियोगिताको फाइनल खेल पुस १५ मा हुनेछ । विजेताले १० लाख पाँच सय...

ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित

ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना पराजित भएको छ। बार्सिलोना आइतबार बिहान राति एट्लेटिको म्याड्रिडसँग २-१ गोलले पराजित भएको हो। १-० ले पछि परेको स्थितिमा कमब्याक गर्दै एट्लेटिकोले बार्सिलोनालाई हराएको थियो। एट्लेटिकोका लागि डि पाउलले ६० र सोइरलोथले इन्ज्युरी समयको ६ मिनेटमा गोल गरेका थिए। पेड्रीको गोलबाट खेल सुरू भएको ३०औं मिनेटमा बार्सिलोनाले अग्रता लिएको थियो। तर,...